+
+
Shares

महाकालीमा पानीको बहाव बढ्योः बनवासा पुलमा आवागमन प्रभावित

महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज (बनवासा पुल) आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

रासस रासस
२०८३ भदौ १६ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महाकाली नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक पुगेपछि कञ्चनपुरको गड्डाचौकी नाकाबाट चारपाङ्ग्रे सवारीको आवागमन रोकिएको छ।
  • महाकालीको जलस्तर एक लाख क्युसेक नाघेपछि सुरक्षाका कारण भारतीय पक्षले शारदा ब्यारेज हुँदै बनबासा पुलमा ठूला सवारीसाधनलाई आवतजावत गर्न नदिएको प्रहरीले जनाएको छ।
  • जलस्तर घटेपछि आवागमन सहज हुने र मोटरसाइकल तथा पैदल यात्रामा रोकावट नहुने प्रहरीले जनाएको छ।
१६ भदौ, महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ ।
महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज (बनवासा पुल) आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङले गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक पुगेको जानकारी दिए।
‘महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षाको कारण चारपाङग्रे सवारीसाधन आवागमन बनबासा पुलमा गर्न भारतीय पक्षले दिँदैन’, उनले भने, ‘पहाडी जिल्लासँगै कञ्चनपुरमा पनि वर्षा भइरहेकाले बहाव अझै बढ्न सक्छ।’
एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण भएकाले जोखिम हुने भन्दै बर्षातका बेला पानीको बहाव बढ्दा ठूला सवारी साधनलाई रोक लगाउने गरिन्छ । ‘पानीको बहावले ठूला सवारीसाधन रोकिएपछि मोटरसाइकल र पैदल यात्रामा रोकावट हुँदैन,’ गुरुङले भने, ‘जलस्तर घटेपछि आवागमन सहज भइहाल्छ ।’
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?