+
+
Shares

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

वडामा सार्वजनिक सुनुवाइ गर्ने विषयमा पटक–पटक सहमति जनाए पनि कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका केही युवाले वडा अध्यक्षमाथि मोसो छ्यापेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १४:४४

१६ भदौ, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडा अध्यक्ष भूपराज ओस्तीमाथि सोमबार मोसो छ्यापिएको छ। वडामा सार्वजनिक सुनुवाइ गर्ने विषयमा पटक–पटक सहमति जनाए पनि कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका केही युवाले वडा अध्यक्षमाथि मोसो छ्यापेका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौर र प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिमाथि यस प्रकारको व्यवहार गर्ने जोसुकै भए पनि कानुनबमोजिम कारबाही गरिने बताएका छन्।

प्रमुख जिल्ला अधिकारी घिमिरेले घटनामा संलग्नलाई नियन्त्रणमा लिने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको र दोषी पहिचान भएपछि कानुनअनुसार कारबाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?