+
+
Shares

सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडित उद्धार कोषमा १ करोड ११ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ जम्मा गरेको छ।
  • कम्पनीले प्राकृतिक विपद्‌बाट प्रभावित जिल्लाका नागरिकको खोजी, उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुगेको जनाएको छ।
  • सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क बाढी आएको दिनदेखि पूर्ण रूपमा मिनाहा गरेको छ।

१६ भदौ, काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ जम्मा गरेको छ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जीवन प्रभावित भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा रकम जम्मा गरिएको कम्पनीले जनाएको छ।

यसैबीच, विपद्को कठिन समयमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको जनाएको छ। उक्त निर्णय बाढी आएको दिनदेखि नै लागू गरिएको कम्पनीको पछिल्लो विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?