News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बैंकर्स संघले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई पहिलो एसोसिएट सदस्यता दिएको छ ।
- एसोसिएट सदस्यतासँगै संघले संस्थागत सञ्जाल विस्तार भएको जनाएको छ ।
- पूर्वाधार वित्त, दीर्घकालीन लगानी र जोखिम व्यवस्थापनका चुनौतीमा संयुक्त धारणा र नीतिगत सिफारिस प्रस्तुत गर्ने संघले जनाएको छ ।
१६ भदौ, काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई पहिलो एसोसिएट सदस्यता दिएको छ । निफ्राको एसोसिएट सदस्यतासँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको संघले जनाएको छ ।
पूर्वाधार वित्त, दीर्घकालीन लगानी, स्रोत परिचालन, जोखिम व्यवस्थापन लगायतका विषयमा देखिएका नीतिगत तथा व्यवहारिक चुनौतीहरूलाई सम्बन्धित सरोकारवाला समक्ष सामूहिक रूपमा प्रस्तुत गर्ने संघले जनाएको छ ।
साथै आवश्यक साझा धारणा निर्माण गर्न तथा नीतिगत सिफारिस र सुझावहरू एकीकृत रुपमा प्रस्तुत गर्ने संघले जनाएको छ ।
निफ्राको पूर्वाधार वित्त तथा लगानी सम्बन्धी अनुभव र विशेषज्ञताले संघका अध्ययन, अनुसन्धान, नीति संवाद तथा ज्ञान आदान–प्रदानमा साझा सिकाइका अवसर सिर्जना गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4