News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्फास्ट्रक्चर बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा ६४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
- यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५३ प्रतिशतले कम भएको छ र खुद ब्याज आम्दानी २७ प्रतिशतभन्दा बढीले घटेको छ।
- बैंकको ऋण विस्तार १६.५१ प्रतिशतले वृद्धि भई २८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ भने खराब कर्जा शून्यमा झरेको छ।
६ वैशाख, काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
चैत मसान्तसम्म बैंकले ६४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २८.५३ प्रतिशतले कम हो। गत वर्षको यसै अवधिमा यस्तो नाफा ९० करोड रुपैयाँ कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २७ प्रतिशतभन्दा बढीले घटेको छ । चालु आवमा तेस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी १ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ। यस्तै, कुल सञ्चालन आम्दानी पनि २६.२० प्रतिशतले घटेको छ। सञ्चालन नाफा समेत घटेर ९२ करोड २ हजार रुपैयाँमा झरेको छ।
यद्यपि, बैंकको कर्जा विस्तार भने उल्लेख्य रूपमा बढेको छ। चैत मसान्तसम्म ऋण विस्तार १६.५१ प्रतिशतले वृद्धि भई २८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। निक्षेप भने सामान्य ०.२३ प्रतिशतले मात्र बढेको देखिन्छ।
खराब कर्जा शून्यमा झरेको बैंकले जनाएको छ, जुन सकारात्मक संकेत मानिएको छ। प्रतिसेयर आम्दानी घटेर ३ रुपैयाँ ९७ पैसामा छ । नेटवर्थ प्रति सेयर ११५ रुपैयाँ ८४ पैसा कायम भएको छ।
समग्रमा, निफ्राको नाफा घटे पनि कर्जा विस्तार बढ्नु र खराब कर्जा शून्यमा झर्नु सकारात्मक पक्षका रूपमा देखिएको छ।
प्रतिक्रिया 4