News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सातौं वार्षिक साधारणसभाले डा. मनिष थापा र लीमा अधिकारी आचार्यलाई सञ्चालकमा निर्विरोध चयन गरेको छ।
- डा. मनिष थापा प्राइभेट इक्विटी क्षेत्रका अग्रणी लगानीकर्ता हुन् र ग्लोबल इक्विटी फण्डका कार्यकारी प्रमुखका रूपमा कार्यरत छन्।
- लीमा अधिकारी आचार्यले निफ्रामा पुनः सञ्चालक पद पाएकी छन् र नयाँ कार्यकालमा बैंकको लगानी विस्तार र पूर्वाधार परियोजना सुशासनमा ध्यान दिनेछिन्।
२३ मंसिर, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट डा. मनिष थापा र लीमा अधिकारी आचार्य निर्विरोध चयन भएका छन् ।
बैंकको सातौं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको थियो । त्यही सभाबाट थापा र अधिकारी दुवैलाई आगामी कार्यकालका लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरिएको बैंकले जनाएको छ ।
डा. थापा नेपालमा प्राइभेट इक्विटी क्षेत्रका अग्रणी लगानीकर्ता तथा संस्थागत व्यवस्थापकका रूपमा परिचित छन्। उनी ग्लोबल इक्विटी फण्डका कार्यकारी प्रमुखका रूपमा काम गर्दै आएका छन् भने विभिन्न लगानी प्रवर्द्धन कम्पनीहरूसँग समेत आबद्ध छन् ।
लीमा अधिकारी आचार्य यसअघि पनि निफ्राको सञ्चालक पदमा कार्यरत थिइन्। साधारणसभाले पुनः जिम्मेवारी दिएकोमा उनले अब बोर्डमा निरन्तरता पाउनेछिन् ।
नयाँ कार्यकालका सञ्चालकहरूले बैंकको लगानी विस्तार, पूर्वाधार परियोजना सुशासन तथा रणनीतिक साझेदारीमा ध्यान केन्द्रित गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ।
प्रतिक्रिया 4