+
+
Shares

‘भ्वाइस’ मा तयार भयो १६ जनाको ‘ड्रीम टीम’, कुन कोचको समूहमा को ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनमा शुक्रबारदेखि ‘ब्याटल राउन्ड’ सुरु हुँदैछ।
  • चारजना कोचको समूहमा १६ जना गरी ६४ जना ट्यालेन्ट ‘ब्लाइन्ड अडिसन’ बाट छनोट भएका छन्।
  • चारवटा ‘ड्रीम टीम’ तयार भएका छन् र कोचले ‘ब्याटल राउन्ड’ मा एकलाई अघि बढाउनेछन्।

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को जारी सातौं सिजनमा शुक्रबारदेखि ‘ब्याटल राउन्ड’ सुरु हुँदैछ । पछिल्लो सप्ताहन्तमा चारजनाको ‘ड्रीम टीम’ तयार भएको छ ।

एकजना कोचको समूहमा १६ जनासहित चारजना कोचको समूहमा ‘ब्लाइन्ड अडिसन’ बाट ६४ जना ट्यालेन्ट छनोट भएका छन् । शुक्रबारदेखि ‘ब्याटल राउन्ड’ हुनेछ र तीमध्ये एकलाई कोचले अघि बढाउनेछन् ।

‘ब्याटल राउन्ड’ रोचक हुने पक्का छ । यसपटक नयाँ आवाजबीचको प्रतिस्पर्धा छ । एकसे एक नयाँ आवाजले अघि बढ्न प्रतिस्पर्धा गर्नेछन् । चारजना कोचको ‘ड्रीम टीम’ को समीकरण तयार भएको छ ।

टीम प्रमोद खरेल :

अम्बिका पुन, सुजन आङदेम्बे, मीना लामा, भविका पुन, पुनम गुरुङ, रञ्जिता विश्वकर्मा, विशाल सुनार, सविन सुन्दास, विक्रम कार्की, बोनी परियार, रिकेश थापा, रुपेश कुमाल, प्रतीक परियार, ममता क्षेत्री, युनिश लिम्बु, साम्बिदा ओझा

टीम मेलिना राई :

अदृश्य राई, सञ्जिता दूरा, रविना नेपाली, सोनम लामा, समीर राई, अनिल पुन मगर, प्रवीण अवाल, सन्दीप आले मगर, साजन राई, प्रनिता तामाङ, अञ्जना मगर, निशु शर्मा, बेगेन्द्र बुढा, पुरुषोत्तम आचार्य, अर्जुनकुमार साहु, जितबहादुर कामी

टीम खेम सेन्चुरी :

दिनेश परियार, सागरसंसार राई, नवीन राई, रीया धामी, धर्मेन्द्र सुनार, हिक्मत शाही, छिरिङ शेर्पा, समुन्द्र खत्री, कुमार रनपहेली, आशिष चौधरी, सुभेच्छा बराइली, सियोन महर्जन, मायादेवी सिंह, सागर तामाङ, बिर्ख दमाई, अनिल बिके

टीम राजु लामा :

टीकाराम श्रेष्ठ, आयुष दर्नाल, ओम्नु शेर्पा, सौम्य विश्व, मनुमित लेप्चा, बालमुकुन्द अवाल, आयुश शाही, प्रशान्त शेर्पा, विसेन तामाङ, शीतल क्षेत्री, शिखा राई, रुशान्त विशंखे, प्रतीक्षा राई, दीपेन कार्की, नीतुकुमारी मगर, रचना तामाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?