
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता राजेश हमालसहितका सेलिब्रेटीले धुम्बाराही चोकमा खुलेको होटल स्मार्टको उद्घाटन गरेका छन्।
- ४० करोड रुपैयाँको लागतमा निर्माण भएको होटल स्मार्टमा १७ वटा कोठा, ६ सय क्षमताको बैंकेट हल, रेष्टुरेन्ट, स्वीमिङ पुल लगायत सुविधा छन्।
- होटललाई ३५ बर्षीय सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएका छन्।
काठमाण्डौँ । अभिनेता राजेश हमालसहितका सेलिब्रेटीले धुम्बाराही चोकमा खुलेको ‘होटल स्मार्ट’को उद्घाटन गरेका छन् ।
सोमबार साँझ हमालसहित प्रमोद खरेल, गायिकाद्धय मिलन नेवार, मेलिना राई, ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौड्याल, होस्ट सुशिल नेपाल र टिभी कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले होटल उद्घाटन गरे ।
‘यदि तपाईहरूलाई यो होटल मनपर्यो भने पक्कै पनि मेरो घर पनि मन पर्नेछ’ पानसमा बत्ती बालेर उद्घाटन गर्दै हमालले भने, ‘किनभने, यो होटल जसले डिजाइन गर्नुभएको हो, उहाँहरूले नै मेरो नयाँ घर पनि डिजाइन गर्नुभएको हो ।’
केही महिनअघि हमाल बुढानिलकण्ठस्थित नयाँ घरमा सरेका छन् । गायक खरेलसहित मेलिना र मिलनले ‘द भ्वाइस’को नयाँ स्टुडियो पनि नजिकै रहेकाले होटल रिफ्रेसको लागि पायक पर्ने बताए ।
४० करोड रुपैयाँको लागतमा निर्माण भएको होटल स्मार्टमा १७ वटा कोठा सहित ६ सय क्षमताको बैंकेट हल, सय क्षमताको रेष्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना स्टिम र जाकुजी सहित रुप टप गार्डेन र रेष्टुरेन्ट छ ।
होटललाई ३५ बर्षीय युवा सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको हो ।
प्रतिक्रिया 4