+
+
Shares

‘मंगोलियन हार्ट’ पहिलोपटक बेलायतमा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकप्रिय नेपाली पप ब्याण्ड 'मंगोलियन हार्ट' सन् ९० को दशकको हिट गीतसहित १३ डिसेम्बरमा बेलायतको लन्डनस्थित ह्यारो सेन्टरमा लाइभ प्रस्तुति दिनेछ।
  • ब्यान्डका ब्यवस्थापक तथा गिटारिस्ट बबी लामाले कार्यक्रमको सबै तयारी पूरा भएको र युकेका दर्शकलाई लाइभ प्रस्तुतिसँग जोड्न लालायित रहेको बताए।
  • मंगोलियन हार्ट सन् १९९२ मा स्थापना भएको र लोक, स्लो रक, पप मेलोडी जनरामा गीत गाउने ब्यान्ड हो जसमा राजु लामा, बबी लामा, सन्तोष थापामगर लगायत सदस्य छन्।

काठमाडौं । लोकप्रिय नेपाली पप ब्याण्ड ‘मंगोलियन हार्ट’ बेलायतमा गुञ्जिने भएको छ । सन् ९० को दशकको यो बहुचर्चित ब्याण्डले नेपाली डायस्पोरामा १३ डिसेम्बरमा लाइभ प्रस्तुति दिन लागेको हो ।

यसका लागि ब्याण्ड बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । लन्डनस्थित ह्यारो सेन्टरमा ब्याण्डले प्रस्तुति दिने प्रेषित विवरणमा उल्लेख छ । कन्सर्ट आयोजना जीटी बेस इन्टरटेन्मेन्टले गरेको हो ।

कन्सर्ट ब्याण्डले आफ्ना हिट गीतमा दर्शक नचाउनेछ । पर्खाइमा, बादलपारिको देशबाट, गाजलु टीका, सुम्निमा, म माया लाउँदिन, तिमीलाई देखेर, सायद तिम्रो बाटोमा लगायत दर्जनौँ हिट गीत ब्याण्डका छन् ।

ब्यान्ड ब्यवस्थापक तथा गिटारिस्ट बबी लामाले कार्यक्रमको सबै तयारी पूरा भएको बताए । ‘हामी सबै तयार छौं र युकेका दर्शकलाई लाइभ प्रस्तुतिसँग जोड्न पाउँदा लालायित पनि छौँ,’ उनले भने ।

३३ वर्षअघि सन् १९९२ मा स्थापना भएको ब्यान्डले लोक, स्लो रक, पप मेलोडीलगायतका जनरामा गीत गाएको छ । ब्यान्डमा राजु लामा मुख्य गायक, रिदम गिटारमा बबी लामा, ड्रममा सन्तोष थापामगर, लिड गीटाररमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?