
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘मंगोलियन हार्ट’ले ‘न्यूजिल्याण्ड टूर २०२५’को घोषणा गरी अगस्तमा तीन सहरमा प्रस्तुति दिनेछ।
- ब्याण्डले यसअघि अप्रिलमा अस्ट्रेलियाका सात सहरमा प्रस्तुति दिएको थियो र दक्षिण कोरिया तथा हङकङमा पनि प्रस्तुति गरिसकेको छ।
- सन् १९९२ मा स्थापना भएको यस ब्याण्डले १९९४ मा ‘सोल्टिनी’ एल्बम निकालेको र २०१८ सम्म सातौं भोल्युमसम्मका एल्बम सार्वजनिक गरेको छ।
काठमाडौं । सन् १९९० को बहुचर्चित ब्याण्ड ‘मंगोलियन हार्ट’ले ‘न्यूजिल्याण्ड टूर २०२५’को घोषणा गरेको छ । राजु लामा प्रमुख गायक रहेको ब्याण्डले अगस्ट २ देखि १० अगस्टसम्म न्यूजिल्याण्डका तीन सहरमा प्रस्तुति दिन लागेको हो ।
अगस्ट २ मा क्राइस्टचर्च, अगस्ट ८ मा अकल्याण्ड र अगस्ट १० मा टौरंगमा प्रस्तुति दिन लागेको हो । टूरको टिकट विक्री सुरु भएको जनाइएको छ । ब्याण्डले यसैवर्षको अप्रिलमा ७ अस्ट्रेलियाली सहरमा प्रस्तुति दिएको थियो । ब्याण्डको उक्त अस्ट्रेलिया टूर पछिल्लो दशकमा पहिलोपटक हो ।
फेब्रुअरी २०२४ मा दक्षिण कोरिया, सेप्टेम्बर १५, २०२४ मा हङकङमा प्रस्तुति दिएको थियो । सन् १९९२ मा स्थापना भएको ब्याण्डमा राजु लामा प्रमुख गायक, बबी लामा रिदम गिटार, सन्तोष थापा मगर ड्रम्स, भुपेन्द्र बज्राचार्य लिड गितार, पवन कपाली बास गितार, विनय महर्जन बाँसुरी, बाबुराजा महर्जन मादल र नरेन्द्र रञ्जिन ध्वनि व्यवस्थापक छन् ।
सन् १९९४ मा ‘सोल्टिनी’ एल्बम निकालेर करिअर थालेको ब्याण्डले १९९६ देखि सन् २०१८ सम्म मंगोलियन हार्टको सातौं भोल्युमसम्मका एल्बम सार्वजनिक गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4