+
+
Shares

यी हुन् चीनतर्फ फसेर तातोपानी नाका हुँदै आएका ११४ नेपाली (नामावली)

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार, नेपाल आइपुगेका ११४ जनामध्ये ११३ जना रसुवाका नागरिक छन् भने एक जना काठमाडौंका रहेका छन् ।

दिपक खत्री दिपक खत्री
२०८३ भदौ १८ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीका कारण चीनतर्फ फसेका १४७ नेपालीमध्ये ११४ जना बिहीबार तातोपानी नाका हुँदै नेपाल आइपुगेका छन्।
  • चिनियाँ पक्षले उनीहरूलाई लिपिङ क्षेत्रमा नेपाली अधिकारीको जिम्मा लगाएको र राहदानी नम्बरलगायत विवरणसमेत उपलब्ध गराएको छ।
  • नेपाल आइपुगेका ११४ जनामध्ये ११३ जना रसुवाका र एक जना काठमाडौंका रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए।

१८ भदौ, सिन्धुपाल्चोक (चौतारा) । रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ जना नेपाली बिहीबार तातोपानी नाका हुँदै नेपाल आइपुगेका छन् ।

बाढीका कारण चीनतर्फ फसेका १४७ नेपालीमध्ये ११४ जनालाई चिनियाँ पक्षले सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार, नेपाल आइपुगेका ११४ जनामध्ये ११३ जना रसुवाका नागरिक छन् भने एक जना काठमाडौंका रहेका छन् ।

चिनियाँ पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बरलगायत विवरणसमेत नेपाली अधिकारीलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

नेपाल आइपुगेका उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं लाने तयारी भइरहेको छ ।

रसुवामा आएको बाढीका कारण ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए । बाढीपछि चीनतर्फ फसेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?