+
+
Shares

भोटेकोशी बाढी प्रभावितका लागि विराट ग्रुपको ७२ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भाेटेकाेशी नदीको बाढीबाट प्रभावितका लागि विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ सहयोग गरेको छ।
  • रकममध्ये कर्मचारीको एक दिनको तलबबाट ४७ लाख ५० हजार रुपैयाँ र अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीको व्यक्तिगत २४ लाख ५० हजार रुपैयाँ रहेको छ।

१९ भदौ, विराटनगर । भाेटेकाेशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्थापनका लागि विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ सहयोग गरेको छ ।

विराटनगर मेडिकल कलेज, विराटनगर शिक्षण अस्पताल, विराट नर्सिङहाेमलगायत संस्था सञ्चालन गरिरहेकाे
विराट ग्रुपले उक्त रकम सहयोग गरेको हो ।

ग्रुपका अनुसार कर्मचारीको एक दिनको तलबबाट संकलित ४७ लाख ५० हजार रुपैयाँ र ग्रुपका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीले व्यक्तिगत रूपमा दिएको २४ लाख ५० हजार रुपैयाँ गरी ७२ लाख रुपैयाँ कोषमा जम्मा गरिएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?