News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन को–ई ग्रुपले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
- ग्रुपअन्तर्गत मनकामना दर्शन प्रालिले १ करोड २५ लाख र चितवन मिल्क लिमिटेडले २५ लाख रुपैयाँ प्रदान गरेका छन्।
- ग्रुपले उक्त सहयोगले प्रभावित परिवारलाई तत्काल राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग पुग्ने विश्वास जनाएको छ।
१९ भदौ, काठमाडौं । ‘चितवन को–ई ग्रुप’ले हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
राष्ट्रिय विपद् व्यवस्थापन, खोज तथा उद्धार एवं राहत अभियानमा सहयोग पुर्याउने उद्देश्यले ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो। सहयोग रकममध्ये ग्रुपअन्तर्गतको मनकामना दर्शन प्रालिले १ करोड २५ लाख रुपैयाँ र चितवन मिल्क लिमिटेडले २५ लाख रुपैयाँ प्रदान गरेका छन्।
चितवन, गोरखा तथा आसपासका क्षेत्रसँग ग्रुपको लामो समयदेखि सामाजिक तथा व्यावसायिक सम्बन्ध रहँदै आएको छ। ती क्षेत्रमा विपद् आइपरेका बेला सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित नागरिकको साथमा उभिने प्रतिबद्धताअनुरूप सहयोग गरिएको ग्रुपले जनाएको छ।
ग्रुपका दिवंगत संस्थापक लक्ष्मणबाबु श्रेष्ठले व्यवसायको सफलता समुदायको सहयोग, विश्वास र सम्बन्धसँग जोडिने भएकाले कठिन परिस्थितिमा समुदायप्रति जिम्मेवार हुनुपर्ने मान्यता राख्दै आएका थिए। उहाँले स्थापित गरेको सामाजिक उत्तरदायित्वको भावनालाई निरन्तरता दिँदै विपद्को समयमा सहयोग गरिएको ग्रुपले जनाएको छ।
उक्त सहयोगबाट विपद् प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्य अघि बढाउन र प्रभावित समुदायलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने ग्रुपको विश्वास छ।
प्रतिक्रिया 4