+
+
Shares

शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु

पर्यटन विभागका अनुसार बिहीबारसम्म कुल ३२ समूहका ३ सय ६७ आरोहीले आगामी आरोहण सिजनलाई हिमाल चढ्ने अनुमति लिइसकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरेको छ र बिहीबारसम्म ३२ समूहका ३६७ आरोहीले अनुमति लिएका छन् ।
  • अनुमति लिनेमा ८७ महिला छन्, र सबैभन्दा धेरै २९ समूहका ३४८ आरोहीले मनास्लु हिमालका लागि अनुमति लिएका छन् ।
  • चीनका ५५, रुसका ३९ र अमेरिकाका ३२ आरोहीले अनुमति लिएका छन्, भने मकालुमा ३ र दङ्गा हिमालमा १६ जनाले अनुमति लिएका छन् ।

१९ भदौ, काठमाडौं । सरकारले शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरेको छ ।

मनसुन यामको बाढी र यसले गरेको वितण्डाबीच प्रारम्भिक रूपमै हिमाल आरोहणका लागि भने उत्तिकै आकर्षण रहेको देखिएको छ ।

पर्यटन विभागका अनुसार बिहीबारसम्म कुल ३२ समूहका ३ सय ६७ आरोहीले आगामी आरोहण सिजनलाई हिमाल चढ्ने अनुमति लिइसकेका छन् । तीमध्ये ८७ महिला छन् ।

विभागका अनुसार मनास्लु हिमालमा २९ समूहका ३ सय ४८ आरोहीले अनुमति लिएका छन् । मकालु हिमालमा १ समूहका ३ आरोहीले अनुमति लिएको छ । दङ्गा हिमाल (६ हजार २ सय २० मिटर) मा भने २ समूहका १६ जनाले आरोहण गर्न अनुमति लिएका छन् ।

अनुमति लिनेमध्ये सबैभन्दा धेरै चिनियाँ छन् । चीनका ५५, रुस ३९ र अमेरिकाका ३२ आरोहीले बिहीबारसम्म अनुमति लिइसकेको विभागले जनाएको छ ।

त्यसैगरी फ्रान्सका २७, बेलायत २४, नेपाली १५, पोल्यान्ड, क्यानडा र जर्मनीका १४/१४ आरोहीले अनुमति लिएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?