News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको कैलारी गाउँपालिका–७ भुईयाफाँटा सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र एक किलो ५० ग्राम चरेस बरामद गरेको छ।
- बीओपी भुईंयाफाँटाको टोलीले शुक्रबार गस्तीका क्रममा बेवारिसे अवस्थामा पेस्तोल र चरेस फेला पारेको थियो।
- बरामद सामग्री थप अनुसन्धान र कारवाहीका लागि शनिबार नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
२१ भदौ, धनगढी । कैलालीमा सशस्त्र प्रहरीले चरेससहित कटुवा पेस्तोल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईंयाफाँटाको टोलीले कैलारी गाउँपालिका–७ को पुरानो भुईयाफाँटा तीनकुनेको सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल र एक किलो ५० ग्राम चरेस बरामद गरिएको जनाएको छ ।
सशस्त्र प्रहरीकाअनुसार शुक्रबार सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा पेस्तोल र लागुऔषध चरेस फेला परेको थियो ।
बरामद सामग्री थप अनुसन्धान स कारवाहीका लागि शनिबार नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4