२२ भदौ, काठमाडौं । खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको सितामणी घर भइ काठमाडौं रातोपुलका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भइ सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौडाका २१ वर्षीय सुजन रसाइली छन् ।
रातोपुल नजिक सफिक मासु पसल खालेर खसीको मासु भन्दै प्रतिकिलो १८ सय रुपैयाँका दरले बाख्रीको मासु बेचेको प्रहरीले बताएको छ ।
बाख्रीको मासु र अर्को काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4