+
+
Shares

भोकको कहर, सिलिन्डरको लहर (फोटो फिचर)

सिलिन्डरलाई डोरीले बाँधिएको छ। ग्यास लिन उद्योगले टोकन दिने गरेको छ। टोकनअनुसार अहिले लाइन लागेको छ। 

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ २२ गते २०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीपछि धादिङको कृष्णभिरमा पहिरो जाँदा पृथ्वीराजमार्ग ठप्प भएको छ।
  • राजमार्ग अवरुद्ध हुँदा खाद्यन्न र अन्य उपभोग्य सामानको ढुवानीमा सास्ती भएको छ र खाना पकाउने ग्यासको अभाव झन बढेको छ।
  • काठमाडौं उपत्यकासहित देशभरका उपभोक्ता सिफल, कलंकी र बालाजुलगायत स्थानमा टोकनका आधारमा रातभर लाइन लागिरहेका छन्।

२२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वीराजमार्ग ठप्प छ। उक्त राजमार्गको धादिङस्थित कृष्णभिरमा पहिरो जाँदा सवारी आउजाउ बन्द भएको हो।

देशकै लाइफलाइन मानिने यो राजमार्ग बन्द हुँदा खाद्यन्नदेखि अन्य उपभोग्य सामान ढुवानी मा सास्ती छ। अहिले सबैभन्दा धेरै खाना पकाउने ग्यासको अभाव छ।

भदौ १० को रसुवा बाढीअघि नै ग्यास अभाव थियो। काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने ग्यासको अभाव अहिले झन बढेको छ।

ग्यास पाउने आशमा अहिले रातभर पनि डिपोमा उपभोक्ताहरू लाइन लाइरहेका छन्। काठमाडौंको सिफल, कलंकी, बालाजुलगायत ग्यास विक्रीवितरण हुने ठाउँमा ग्यास पाउने आशमा मानिसहरू लाइन लागेका हुन्।

अहिले सडक किनारमा लाइन मिलाएर सिलिन्डर राखिएको छ। सिलिन्डरलाई डोरीले बाँधिएको छ। ग्यास लिन उद्योगले टोकन दिने गरेको छ। टोकनअनुसार अहिले लाइन लागेको छ।

बाढीका कारण काठमाडौंका उद्योगले ग्यास बुलेट ल्याउन सक्ने अवस्था छैन। काठमाडौंका उद्योगले तराईकै उद्योगमा सिलिन्डर भरेर ल्याउने गरेका छन्।

हेरौं सिफलस्थित उद्योग अगाडि सिलिन्डरका लाइन।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?