+
+
Shares

व्यवसायीलाई उद्योग सचिवको आग्रह– ग्यास आपूर्तिमा मानवीय उत्तरदात्वि बुझिदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बाढीपहिरोले अवरुद्ध मुख्य मार्गका कारण देखिएको आपूर्ति समस्या सामान्य बनाउन सरकार क्रियाशील रहेको जनाएको छ।
  • सहसचिव नेत्रप्रसाद सुवेदीले व्यवसायीलाई मूल्य नबढाउन र कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गर्दै कडा निगरानी हुने बताए।
  • काठमाडौं उपत्यकामा हिजो एकै दिन ४० भन्दा बढी व्यावसायिक फर्ममा अनुगमन गरिएको र थप टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

२० भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सामान्य तुल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको जनाएको छ ।

शनिबार काठमाडौंमा आयोजित ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले बाढीपहिरोका कारण यातायातका मुख्य मार्गहरू अवरुद्ध हुँदा आपूर्तिमा केही समस्या देखिए पनि यसलाई समाधान गर्न सरकार क्रियाशील रहेको बताए ।

‘राज्यको तर्फबाट जुनसुकै उपाय लगाएर भए पनि आपूर्ति व्यवस्था सामान्य गराउन हामी तयार छौं । केही दिन सडक अवरुद्ध भएको बहानामा मूल्य बढाएर नाफा कमाउनेभन्दा पनि मानवीय र व्यावसायिक उत्तरदायित्व बुझिदिन म व्यवसायीहरूलाई अनुरोध गर्दछु,’ उनले भने ।

विशेषगरी पृथ्वी राजमार्ग लगायतका मुख्य सडक खण्डहरू केही दिनभित्रै सुचारु हुने अवस्थामा रहेकाले व्यवसायीहरूलाई यो संकटको घडीमा मूल्यवृद्धि नगर्न र व्यावसायिक नैतिकता प्रदर्शन गर्न उनले आग्रह गरे ।

नयाँ आयात हुने सामानको हकमा बिलिङका आधारमा मूल्य निर्धारण हुने भएपनि कृत्रिम अभाव सिर्जना गर्ने र अस्वाभाविक मूल्यवृद्धि गर्नेहरूमाथि कडा निगरानी राखिने उनले बताए ।

सहसचिव सुवेदीका अनुसार काठमाडौं उपत्यकाभित्र मात्रै हिजो एकै दिन ४० भन्दा बढी व्यावसायिक फर्महरूमा अनुगमन गरिएको छ ।

बजार अनुगमनका लागि थप टोलीहरू परिचालन गरिएको र जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयहरूमार्फत निगरानी बढाइएको उनले जानकारी दिए ।

व्यावसायिक आचारसंहिता विरुद्धका गतिविधिमा संलग्न हुने जोकोहीलाई प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत सरकारले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?