News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराज्यमन्त्री मोतीलाल दुगडले पेट्रोलियम पदार्थ र ग्यासको चर्चाबीच दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि ओझेलमा परेको बताए ।
- काठमाडौंको कार्यक्रममा उनले बेसार, अलैँची, मरिच, धनियाँ, जिरा र खुर्सानीजस्ता सामग्रीको मूल्य विगतको तुलनामा दोब्बरभन्दा बढी बढेको उल्लेख गरे ।
- उनले सञ्चारमाध्यम र सरकारले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन र मूल्य नियन्त्रणमा विशेष भूमिका खेल्नुपर्ने बताए ।
२० भदौ, काठमाडौं । पूर्वराज्यमन्त्री एवं उद्योगपति मोतीलाल दुगडले पेट्रोलियम पदार्थ र ग्यासको चर्चाकाबीच अन्य दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि ओझेलमा परेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘बाढीपछिको आपूर्ति र मूल्य शृंखलामा परेको प्रभाव तथा चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले खाद्य उद्योगीसमेत रहनुभएका दुगडले बजारमा बिस्कुटदेखि साबुनसम्म र भान्सामा प्रयोग हुने हरेक मसलाजन्य वस्तुको मूल्य अकासिएको बताए ।
उनका अनुसार हाल बजारमा बेसार, अलैँची, मरिच, धनियाँ, जिरा र खुर्सानी जस्ता अत्यावश्यक सामग्रीको मूल्य विगतको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
उनले पेट्रोलियम पदार्थ र ग्यास संवेदनशील वस्तु भएकाले त्यसमा सबैको ध्यान जानु स्वाभाविक भएपनि अन्य उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर बनेकोतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए ।
‘पहिले प्रतिकिलो १५० रुपैयाँ पर्ने बेसारको मूल्य अहिले ३५० रुपैयाँ पुगेको छ । त्यस्तै, १२०० रुपैयाँ पर्ने ठूलो अलैँचीको मूल्य २८०० रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘भान्सामा नभई नहुने खुर्सानीको धुलो जुन १५० देखि २०० रुपैयाँ प्रतिकिलो पाइन्थ्यो, आज त्यसको मूल्य ६०० रुपैयाँ पुगिसकेको छ ।’
ग्यासको आपूर्तिमा मात्र केन्द्रित हुँदा अन्य खाद्य वस्तुको आपूर्ति र बढ्दो महँगी नियन्त्रणका प्रयासहरू ओझेलमा परेको उनको तकए छ ।
आफू स्वयं खाद्य उद्योग सञ्चालन गरिरहेकाले बजारको वास्तविकता नजिकबाट नियालेको बताउँदै उनले सञ्चारमाध्यम र सरकारले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन र मूल्य नियन्त्रण गर्न विशेष भूमिका खेल्नुपर्ने बताए ।
प्रतिक्रिया 4