News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ समितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी सुझावका लागि सुशील खड्काको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको छ।
- उपसमितिलाई सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरेर अध्ययन प्रतिवेदन २ असोजभित्र बुझाउन समय दिइएको छ।
- प्रधानमन्त्री बालेन शाह ६ असोजमा संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि सरकारलाई निर्देशन दिन समिति बैठक बसेको हो।
२४ भदौ, काठमाडौं । अर्थ समितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवम् जलवायु वित्तसँग सम्बन्धित सुझाव सरकारलाई दिने प्रयोजनका लागि अध्ययन/अनुसन्धान गर्न उपसमिति गठन गरेको छ ।
आज बसेको समिति बैठकले सम्बन्धित मन्त्रालय र विभिन्न निकायसँग समेत समन्वय गरेर सो निर्देशन/सुझाव तयार पार्ने जिम्मेवारी उपसमितिलाई दिइएको छ ।
उपसमितिको संयोजक सुशील खड्का तोकिएका छन् । उपसमितिमा नरेन्द्र कुमार केरुङ, परशुराम तामाङ, पुष्प चौधरी, प्राडा पुष्पराज कँडेल, लिमा अधिकारी र सुशान्त वैद्य रहने गरी ७ सदस्यीय उपसमिति बनाइएको हो । अर्थ समिति सभापति डा. कृष्णहरी बुढाथोकी अनुसार उपसमितिलाई २ असोज भित्र प्रतिवेदन बुझाउन समयावधि दिइएको छ ।
प्रधानमन्त्री बालेन शाह ६ असोजमा संयुक्त राष्ट्रसंघ महासभामा भाग दिन प्रस्थान गर्दैछन् । सोही अनुसार अर्थ समितिले सो भ्रमण अगाडी बैठक राखेर सरकारलाई निर्देशन दिने उनले जानकारी दिए । आजको बैठकमा सांसदहरुले पुनर्निर्माणका लागि आवश्यक रकमको जोहो कसरी हुन्छ भन्नेबारे जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया 4