News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा अर्थ समितिले आगामी आर्थिक वर्षको बजेट सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
- समिति सभापति डा. कृष्ण हरि बुढाथोकीले विज्ञहरूसँग छलफल गरी सरकारलाई सुझाव तथा निर्देशन दिने जानकारी दिनुभयो।
- उपसमितिहरूलाई पनि बजेट तर्जुमामा आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित सुझाव पेश गर्न निर्देशन दिइएको छ।
५ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डा. कृष्ण हरि बुढाथोकीले जानकारी दिए ।
बैठकमा समिति सदस्यहरूले आगामी बजेट तर्जुमा सन्दर्भमा धारणा राखेका थिए ।
सदस्यहरूले उठाएका बिषयमा बिज्ञहरूसंग छलफल गरि सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिइने सभापति बुढाथोकीले बताए ।
त्यस्तै समिति अन्तर्गतका उपसमितिहरूलाई पनि बजेट तर्जुमाका सन्दर्भमा आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित रहेर थप सुझाव पेश गर्न निर्देशन दिइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4