+
+
Shares
अख्तियारको आरोप :

‘अनुसन्धान थालेपछि तत्कालीन अर्थ समितिका सभापति चालिसेले नक्कली तमसुक बनाए’

विशेष अदालतमा पेश भएको विवरण अनुसार, ८ जेठ, २०७४ मा गोकर्णेश्वर नगरपालिकाका मेयर हुनासाथ चालिसेले धमाधम रुपमा अवैध आर्जन गर्न थालेको विवरण देखिन्छ । अख्तियारले पहिलोपटक जेठ, २०७५ देखि उनको सम्पत्ति हेरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १८:१०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियारले प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसेले नक्कली तमसुक बनाएर ४६ लाख रुपैयाँ ऋण लिएको आरोप लगाएको छ।
  • चालिसेले मेयर हुनुभन्दा पहिले ऋण लिएको दाबी गरे पनि अख्तियारले त्यो तमसुक र ऋण दाबी असत्य भएको पत्ता लगाएको छ।
  • अख्तियारले चालिसेले मेयर हुँदा पाँच वर्षमा ३ करोड ६८ लाख रुपैयाँ अवैध कमाएको र सम्पत्ति परीक्षण गरेको जनाएको छ।

२ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रतिनिधिसभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले आफूमाथि अनुसन्धान हुन थालेपछि नक्कली तमसुक बनाएर पेश गरेको आरोप लगाएको छ ।

अख्तियारले विशेष अदालतमा पेश गरेको आरोपपत्रमा चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयर हुनुभन्दा अघिको मिति राखेर तमसुक बनाएको आरोप लगाएको छ । उक्त तमसुकमा चालिसेले ४६ लाख रुपैयाँ ऋण लिएको उल्लेख छ ।

आफ्नो सम्पत्ति अनुसन्धान हुन थालेपछि चालिसेले फागुन, २०७५ सालमा सोनाम शेर्पासँग ४६ लाख रुपैयाँ ऋण लिएको भनी दाबी गर्दै तमसुक पेश गरेका थिए ।

आफूले कमाएको सम्पत्तिको वैध स्रोत देखाउन नसकेपछि उनले मेयर हुनुभन्दा पहिले नै ऋण लिएको जिकिर गरेको अख्तियारको दाबी छ ।

उक्त तमसुक गोकर्णेश्वर नगरपालिकाको कार्यवाहक वडाध्यक्षको भूमिकामा रहेका नन्दलाल श्रेष्ठले प्रमाणिकरण गरिदिएको भनी चालिसेले अख्तियारमा पेश गरेका थिए । तर अनुसन्धान हुँदै जाँदा न ४६ लाख रुपैयाँको कारोबार गरेको भेटियो, न गोकर्णेश्वर नगरपालिकाको वडा नं. ८ को कार्यालयको दर्ता किताबमा नै त्यो विवरण थियो ।

अर्कोतर्फ वडा सदस्य नन्दलाल श्रेष्ठलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएको विवरण नगरपालिकामा हुनुपर्नेमा त्यो पनि थिएन । अख्तियारले यी प्रश्न उठाई चालिसेले लिएको ऋण र पेश गरेको तमसुक सत्य नभएको भनी विशेष अदालतमा मुद्दा पेश गरेको हो ।

अख्तियारमा परेको उजुरीमा नै उनी मेयर भएर काम गर्दा योजना छनौट र वितरणमा कमिसन लिने गरेको, आफू अनुकूलका मानिसहरूलाई कामै नगरी रकम बाँडेको, मापदण्ड विपरीत योजनाहरू छनौट गरेको, गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्न लगाएर कमिसन खाएको लगायतका आरोप थिए ।

अख्तियारले उनी मेयर हुँदाको पाँच वर्षको अवधिको मात्रै सम्पत्ति परीक्षण गरेको हो । मेयरको पदावधि सकिएको केही महिनामा उनी काठमाडौं–३ बाट सांसद निर्वाचित भएर प्रतिनिधिसभाको अर्थ समितिको सभापति समेत भएका थिए । अख्तियारले उनी सांसद भइसकेपछिको पदावधिको सम्पत्ति अनुसन्धान गरेको छैन । अख्तियारले २०७९ असार मसान्तसम्मको सम्पत्ति परीक्षण गरेको थियो ।

दिनप्रतिदिन अवैध कमाई

विशेष अदालतमा पेश भएको विवरण अनुसार, ८ जेठ, २०७४ मा गोकर्णेश्वर नगरपालिकाका मेयर हुनासाथ चालिसेले धमाधम रुपमा अवैध आर्जन गर्न थालेको विवरण देखिन्छ । अख्तियारले पहिलोपटक जेठ, २०७५ देखि उनको सम्पत्ति हेरेको थियो ।

२०७६ साउनदेखि असोजभरीमा उनले १३ लाख कमाउँदा ३२ लाख जोडेको भेटियो । २०७६ कात्तिकदेखि आठ महिनामा उनले एक करोड ५९ लाख कमाएकोमा ७० लाख मात्रै वैध थियो, बाँकीमा प्रश्न भयो ।

अख्तियारको आरोपपत्र अनुसार, यो अवधिमा उनले जग्गा किन्नेदेखि सहकारीमा लगानी गर्न थालेका थिए । २०७७ साल साउनदेखि ७७ पुससम्म ३१ लाख कमाएकोमा ४८ लाख जोडे । उनी ८ वैशाख २०७९ सम्म गोकर्णेश्वरको मेयर भएर काम गरेका थिए ।

कुल १८ करोड ४० लाखको बैंक ब्यालेन्स सहित २९ करोड ३८ लाखको सम्पत्ति जोडेका उनले मेयर चालिसेको परिवारले एक वर्षमै झण्डै ३० लाख रुपैयाँ वैध रुपमा कमाएको थियो । तर सम्पत्ति परीक्षण गर्दा उनले ७२ लाख ७२ हजार रुपैयाँ जोडेका थिए । त्यो पहिलो वर्ष नै ४३ लाख रुपैयाँ कहाँबाट आयो भनी अख्तियारले प्रश्न गरेको हो ?

त्यसको केही समया उनले ७६ लाख रुपैयाँ वैध रूपमा कमाउँदा ८२ लाख रुपैयाँ जोडेका थिए, अख्तियारको दाबीमा उनले छोटो-छोटो अवधिमा ५–१० रुपैयाँको अवैध आर्जन खातामा राख्न थालेका थिए । उनले जोरपाटी, बालुवा र सुन्दरीजल गरी डेढ दर्जन ठाँउमा जग्गा खरिद गरेको अख्तियारको आरोपमा उल्लेख छ ।

प्रतिनिधिसभाको अर्थ समितिका सभापति समेत रहेका चालिसेले मेयर हुँदाको पाँच वर्षको अवधिमा ३ करोड ६८ लाख रुपैयाँ अवैध आर्जन गरेको अख्तियारको दाबी छ । चार करोड ८८ लाख रुपैयाँ कमाएकोमा उनले आठ करोड ५६ को सम्पत्ति भेटिएको हो ।

सम्पत्ति छानबिन हुन थालेपछि उनले आफू मेयर हुनुभन्दा पहिले कयौं व्यक्ति एवं शुभचिन्तकलाई ऋण दिएको र त्यो रकम उनीहरूले आफूलाई तिरेको दाबी गरेका थिए । तर त्यसको भरपर्दो आधार पेश हुन नसकेको अख्तियारको दाबी छ ।

उनका छोराहरुले कयौं ठाँउमा लगानी गरेको भेटिएको छ । अनुसन्धानको दायरामा परेका उनीहरूले आफ्ना साथीहरूले सेयर हालिदिएकाले आफूले लगानी गरेको दाबी गरेका थिए । सम्पत्तिमाथि प्रश्न उठ्न थालेपछि उनका परिवारका सदस्यले होम ट्युसनबाट अस्वाभाविक कमाइ देखाएका थिए ।

उनकी पत्नी मन्दिरा चालिसेले कोठा भाडा, जग्गा भाडा, दूधदहीमोही बिक्री गरेर मासिक ३० हजार कमाउने गरेको जिकिर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?