+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0 (0.0)
Shares

हुँदै नभएको घर धितो राखेर बैंकबाट ऋण, गाउँपालिकाका कर्मचारीसहित ४ जनाविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नभएको घर देखाएर बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको आरोपमा ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोशीसहित कर्मचारीहरूको मिलोमतोमा कागजात किर्ते गरेको ठहर गरेको छ।
  • विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता अधिकारीले जानकारी दिनुभयो।

२५ मंसिर, काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा हुँदै नभएको घर देखाएर बैंकबाट ऋण लिएर अनियमितता गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सव–इन्जिनियर तेज बहादुर सुनार र बेलडाँडी गाउँपालिका–२ का स्थानीय शान्ति नाथविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कर्मचारीसँगको मिलोमतोमा नाथले बेलडाँडी गाउँपालिका–२ स्थित कित्ता नम्बर ३५७, क्षेत्रफल ४०० बर्ग मिटर जग्गामा हुँदै नभएको घर, कोठा धितोमा राखेर सनराइज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको अख्तियारको ठहर छ ।

गाउँपालिकाका तत्काली प्रशासकीय अधिकृत जोशीसहितका कर्मचारीको मिलोमतोमा कागजात पारेर किर्ते गरिएको स्थलगत अनुसन्धानका क्रममा उक्त स्थानमा कुनै पनि भौतिक संरचना नभेटिएको खुलेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय मागदाबी राखेर बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?