+
+
Shares

पासपोर्ट छाप्ने जर्मन कम्पनीलाई साधारण तारेखमा राख्न विशेष अदालतको आदेश

विशेष अदालतले नेपालको पासपोर्ट छाप्ने ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसलाई साधारण तारिखमा राख्न आदेश दिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १७:३३

२४ भदौ, काठमाडौं । विशेष अदालतले नेपालको पासपोर्ट छाप्ने ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसलाई साधारण तारिखमा राख्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायण पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले भेरिडोससँग कुनै धरौटी नमागी साधारण तारिखमा छाड्न आदेश दिएको हो ।

अख्तियारले पासपोर्ट छपाइमा भ्रष्टाचार भएको भन्दै राहदानी विभागका कर्मचारीसहित ठेक्का पाएको जर्मन कम्पनी भेरिडोस विरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएपछि जर्मन कम्पनी भेरिडोसले नेपाली प्रतिनिधिलाई अख्तियारनामा दिएको थियो ।

अख्तियारनामा पाएका व्यक्ति बिशेष अदालतमा उपस्थित भएका थिए ।

विशेष अदालतमा बयान र थुनछेक बहस पछि अदालतले उनीहरुलाई साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?