+
+
Shares

बक्स अफिसमा टक्सिक फ्लप भएपछि यशले भने – छाडिदेऊ, दर्शक नै महान् हुन्

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कन्नड स्टार यशको चलचित्र टक्सिक २६ अगस्टमा रिलिज भए पनि ५०० करोडभन्दा बढी बजेटमा बनेको यो फिल्म बक्स अफिसमा फ्लप भयो।

कन्नड स्टार यशको बहुप्रतीक्षित चलचित्र टक्सिक: अ फेयरी टेल फर ग्रोन अप्स गत अगस्टमा ठूलो चर्चाका बीच सिनेमाघरमा रिलिज भयो । तर, केजीएफ सिरिजपछि यशको यो बहुप्रतीक्षित पुनरागमनले दर्शक र समीक्षकलाई प्रभाव पार्न सकेन ।

५०० करोडभन्दा बढीको बजेटमा बनाइएको यो चलचित्र बक्स अफिसमा नराम्ररी फ्लप भयो ।

चलचित्र फ्लप भएपछि यशको प्रतिक्रिया कस्तो थियो भन्नेबारे डबिङ सुपरभाइजर जयदेव मोहनले खुलासा गरेका छन् । एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा जयदेवले रिलिजपछि आफ्नो यशसँग फोनमा कुराकानी भएको बताए । ४ वर्षभन्दा बढी समय यस चलचित्रका लागि दिएका यशले चलचित्र असफल भएपछि आफ्ना टोलीलाई सान्त्वना दिँदै भनेका थिए, ‘धेरै चिन्ता नगर । यसलाई दर्शककै हातमा छाडिदिऔं, यो उनीहरूको इच्छा हो । अब अगाडिको काम गर्नुछ ।’

जयदेवका अनुसार यशको आवाजमा चलचित्र असफल हुनुको पीडा स्पष्ट सुनिन्थ्यो ।

‘अन्त्यमा दर्शक नै सर्वोपरी हुन् । उनीहरूलाई मन परे मन पर्छ, नपरे पर्दैन । हामीले राम्रो बनायौँ तर दर्शकले बुझेनन् भन्न मिल्दैन’ जयदेवले थपे।

त्यस्तै केजीएफको सफलतापछि यशको स्टारडम कम गराउन अन्य कलाकारहरूले प्रयास गरिरहेका छन् कि भन्ने प्रश्नमा जयदेवले यशसँग आफ्नो बचाउ गर्ने क्षमता रहेको र उनलाई हराउन त्यति सजिलो नभएको दाबी गरे ।

गीतु मोहनदासको निर्देशनमा बनेको टक्सिकमा यशले अभिनयका साथै सहलेखन र सहनिर्माण पनि गरेका थिए । चलचित्रमा यशका साथै कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, तारा सुतारिया र रुक्मिणी वसन्तको मुख्य भूमिका रहेको छ ।

२६ अगस्टमा रिलिज भएको यस चलचित्रले हालसम्म भारतमा २४७ करोड र विश्वभर ३३८ करोड रुपैयाँ मात्र संकलन गर्न सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?