+
+
Shares

पैसा नहुनेले सडकमै बच्चा जन्माउनुपर्ने भयानक अवस्था आयो : सांसद ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १३:५७

२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अंकिता ठाकुरले पैसा नभएर महिलाले सडकमै बच्चा जन्नाउनुपर्ने अवस्था भयानक र कारुणिक कथा भएको बताएकी छन् ।

‘जहाँ पैसाले आस र सास तय गर्छ त्यहाँ अस्पताल, अस्पताल रहँदैन। सौदाबाजीको पसल बन्छ’ उनले भनिन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाबारे जानकारी गराउँदै उनले संसद्मा यस्तो बताएकी हुन् ।

‘भाषण होइन, हाम्रै राज्य प्रणालीले लेखेको एउटा भयानक र कारुणिक कथा सुनाउन उभिएकी छु’ उनले भनिन् ।

राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन बाध्य भएकी हुन् ।

महिलासँग २ हजार ५ सय मात्रै रहेकोले भर्ना गर्न नपाएको उनले बताए ।

यो विषय संसद्मा अर्का सांसद खगेन्द्र कर्णले पनि उठाएका छन् । उनले यसबारे सरकारसँग जवाफ समेत मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?