+
+
Shares

गरगहना चोरी र खरिदको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको नरेफाँटस्थित घरबाट १८ साउनमा सुन र चाँदीका गरगहना चोरी तथा खरिदमा संलग्न चार जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा सावन कुशवाहा, पबित्रा लिम्बु, श्रीकृष्ण विश्वकर्मा र रमिला विक छन्, जसमा सावन चोरीमा र अरू तीन जना खरिदमा संलग्न रहेको खुलेको छ।
  • प्रहरीले उनीहरूबाट सुन तथा चाँदीका विभिन्न गरगहना बरामद गरी जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।

२५ भदौ, काठमाडौं । सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने महोत्तरी गौशाला नगरपालिका–५ घर भएका २९ वर्षीया सावन कुशवाहा, तेह्रथुम आठराई गाउँपालिका–८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु, दोलखाको गौरीशंकर गाउँपालिका–५ घर भएका २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र काठमाडौ महानगरपालिका-३२ नरेफाँट बस्ने भोजपुर भोजपुर नगरपालिका–५ बोखिम घर भएकी ४३ वर्षीया रमिला विक रहेका छन् ।

उनीहरू मध्ये उक्त गरगहना चोरी गर्ने सावन तथा गरगहना खरिद गर्ने पबित्रा, श्रीकृष्ण र रमिला रहेको खुल्न आएको छ ।

काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित घरबाट गत १८ साउनमा सुन तथा चाँदीका गरगहनाहरू चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?