+
+
Shares

इरानसँगको आणविक सम्झौता इतिहासकै खराबमध्येको एक : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतालाई इतिहासकै सबैभन्दा खराब सम्झौतामध्ये एक भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १६:३४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतालाई इतिहासकै सबैभन्दा खराब सम्झौतामध्ये एक भनेका छन् । इरानको आणविक कार्यक्रमको समस्या समाधान गर्न यो सम्झौता भएको थियो ।

टेक्ससमा आयोजित रिपब्लिकन मिडटर्म कन्भेन्सनमा बोल्दै ट्रम्पले भने, ‘बराक ओबामाले ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन (जेसीपीओए) सम्झौता गरे । यो इतिहासकै सबैभन्दा खराब सम्झौतामध्ये एक थियो ।’ ट्रम्पका अनुसार यो सम्झौता इरानका लागि आणविक हतियार बनाउने बाटो थियो ।

सन् २०१५ मा जर्मनी र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू बेलायत, चीन, रुस, अमेरिका र फ्रान्सले इरानसँग यो सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यस सम्झौताले इरानको सम्भावित आणविक हतियार विकासबारे लामो समयदेखि चलिरहेको विवाद अन्त्य गरेको थियो । ट्रम्पले आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा सन् २०१८ मा यो सम्झौताबाट अमेरिकालाई फिर्ता गराएका थिए ।

त्यसपछि उनले सम्झौताअनुसार हटाइएका सबै इरानविरोधी प्रतिबन्धहरू पुन: लागु गरे ।

‘यदि मैले जेसीयोपीए रद्द नगरेको भए र हाम्रा बी२ बम्बरहरूले उनीहरूमाथि प्रहार नगरेको भए उनीहरूसँग अहिल्यै आणविक हतियार हुने थियो,’ उनले भने ।

ट्रम्पले इसफाहान, नतान्ज र फोर्डोमा रहेका इरानी आणविक स्थलहरूमा बी२ बम्बर प्रयोग गरिएको दाबी गरे । उनले मिडटर्म चुनावलगत्तै इरानसँगको द्वन्द्व अन्त्य हुने बताए । ट्रम्पका अनुसार इरानीहरू सम्झौताका लागि मरिहत्ते गरिरहेका छन् ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेका थिए । जुन महिनामा वासिङ्टन र तेहरानले लेबनानसहित सबै मोर्चामा तत्काल युद्धविराम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे ।

तर अमेरिकाले जुलाई ८ को रात इरानमाथि पुन: ठूलो परिमाणमा आक्रमण सुरु गरेको थियो ।

अमेरिकाले इरानमाथि होर्मुज जलमार्गसँग सम्बन्धित विद्यमान सम्झौताहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?