+
+
Shares

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालले खोज्यो न्युजिल्यान्डको साथ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले जलवायुजन्य विपद्बाट हुने क्षति र नोक्सानीका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा न्युजिल्यान्डको साथ मागे।
  • शुक्रबारको टेलिफोन वार्तामा उनले नेपाल जलवायुजन्य विपद्का दृष्टिले उच्च संवेदनशील राष्ट्र रहेको बताउँदै न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोग अनुरोध गरे।
  • भोटेकोशी बाढीपछि न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति उनले कृतज्ञता व्यक्त गरे।
  • लक्सनले नेपालमा गएको विनाशकारी बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै नेपालप्रति ऐक्यबद्धता व्यक्त गरे।

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायुजन्य विपद्बाट हुने क्षति तथा नोक्सानीको वित्तीय सहयोग प्राप्त गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा न्युजिल्यान्डको साथ खोजेका छन्।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग शुक्रबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री शाहले उक्त आग्रह गरेका हुन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार, वार्तामा प्रधानमन्त्री शाहले नेपाल जलवायुजन्य विपद्का दृष्टिले उच्च संवेदनशील राष्ट्र रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगका लागि अनुरोध गरेका छन्।

भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा न्युजिल्यान्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गरेका थिए।

छलफलका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरूलाई तीव्रता दिएको जानकारी गराएका थिए। बेपत्ता रहेका सबै नागरिकहरूको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि उनले न्युजिल्यान्डका समकक्षीलाई बताएका थिए।

सो क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति न्युजिल्यान्ड सरकार र जनताको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै नेपालप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?