+
+
Shares

बालेनबारे गगन : ‘ही हेट्स प्राइभेट सेक्टर’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते ११:५१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाह निजी क्षेत्र हेर्नै नपर्ने धारणा राख्छन् भनेका छन् ।
  • थापाले यो टिप्पणी अनुमानका आधारमा नभई प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयका आधारमा गरेको बताए ।
  • उनले दुग्ध विकास संस्था, हेटौडा कारखाना र नेपाल औषधि लिमिटेडबारे सरकारका निर्णयलाई उदाहरणका रूपमा प्रस्तुत गरे ।

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गरेका छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन शुक्रबार आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयका कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन,’ सभापति थापाले भने, ‘अहिलेको प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा ही हेट्स प्राइभेट सेक्टर ।’

उनले प्रधानमन्त्री शाहका बारेमा आफूले अनुमानका भरमा टिप्पणी नगरेको पनि प्रष्टीकरण दिए ।

‘मैले अनुमानको आधारमा भनेको होइन,’ उनले भने, ‘उहाँको पछिल्ला कतिपय अभिव्यक्तिहरू, कतिपय उहाँका निर्णयहरू ।’

सभापति थापाले दुग्ध विकास संस्था, हेटौडा कारखाना, नेपाल औषधि लिमिटेडबारे सरकारले गरेको निर्णयहरूलाई आधारका रुपमा प्रस्तुत गरे ।

‘ती कारखाना चलुन्, मुनाफा कमाउन्, मेरो शुभेच्छा छ,’ उनले भने, ‘त्यसका बारेमा टिप्पणी होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?