+
+
Shares

धुन्चे पुगेर राहत सामग्री बाँड्दै मिस नेपाल दीपमाला (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस नेपाल दीपमाला ढकालले रसुवाको धुन्चेमा पुगेर भोेटेकोशी बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेकी छन् ।
  • उनले धुन्चेमा ३ दिन बिताएर ४ ट्रक लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल र ओछ्यान मिल्ने सामग्री बाँडेकी हुन् ।
  • यसअघि उनले नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा पनि राहत बाँडेकी थिइन् ।

काठमाडौं । मिस नेपाल दीपमाला ढकालले रसुवाको धुन्चेमा पुगेर भोेटेकोशी बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेकी छन् । गैरआवासीय नेपाली संघकी पदाधिकारी समेत रहेकी उनी धुन्चेमा छिन् ।

यसअघि उनले नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा पनि राहत बाँडेकी थिइन् । मिस वल्र्डको फिनालेमा लुना लुइँटेललाई समर्थन गर्न भियतनाम पुगेकी उनी त्यहाँबाट फर्किए लगत्तै राहत बाँड्न धुन्चे पुगेकी हुन् ।

धुन्चेमा ३ दिन बिताएकी उनले प्रभावितलाई ४ ट्रक लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल र ओछ्यान मिल्ने विभिन्न सामग्री बाँडेकी हुन् । उनले त्यहाँबाट पठाएका तस्वीरमा प्रभावित बालबालिका र समुदायसँग अन्तक्रिया गरेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?