+
+
Shares

‘हनुमान अंश’ को भारतीय कमाइमा उछाल, २ करोडको फिल्मले १०० गुणा धेरै कमायो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीब करौरी बाबाको जीवनमा आधारित ‘हनुमान अंश’ले ३६ दिनमा भारतमा १७३.६३ करोड रुपैयाँ नेट र २०५.१५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
  • २ करोड लागतको ‘हनुमान अंश’ले शुक्रबार ‘हैवान’ र ‘मिर्जापुर द मूवी’लाई दैनिक कलेक्सनमा पछि पारेको छ ।
  • ‘हैवान’ले पहिलो दिन भारतमा ३ करोड रुपैयाँ नेट कलेक्सन गरेको छ भने ‘मिर्जापुर द मूवी’ले आठौँ दिन ९.५० करोड रुपैयाँ नेट कलेक्सन गरेको छ ।

मुम्बई (एजेन्सी) । नीब करौरी बाबाको जीवनमा आधारित फिल्म ‘हनुमान अंश’ले शुक्रबार भारतीय बक्सअफिसमा ‘हैवान’ र ‘मिर्जापुर द मूवी’लाई पछि पारेको छ । २ करोड रुपैयाँको लागतमा बनेको फिल्मले भारतमा २०० करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै आफ्नो बजेटको १०० गुणाभन्दा बढी आम्दानी गरेको छ ।

बक्सअफिस ट्रयाकर स्याक-निल्कका अनुसार फिल्मले प्रदर्शनको ३६औँ दिन भारतमा १०.५० करोड भारु नेट कलेक्सन गरेको छ । फिल्मको भारतमा कुल नेट कलेक्सन १७३.६३ करोड रुपैयाँ पुगेको छ भने ग्रस कलेक्सन २०५.१५ करोड रुपैयाँ पुगेको छ ।

अर्कोतर्फ, शुक्रबार प्रदर्शनमा आएको ‘हैवान’ले बक्स अफिसमा सुस्त सुरुवात गरेको छ । ७ हजारभन्दा बढी स्क्रिनमा रिलिज भएको फिल्मले पहिलो दिन भारतमा ३ करोड रुपैयाँ नेट कलेक्सन गरेको छ ।

‘मिर्जापुर द मूवी’ले भने प्रदर्शनको आठौँ दिन ६ हजार ७६३ शोबाट ९.५० करोड रुपैयाँ नेट कलेक्सन गरेको छ । भारतमा फिल्मको कुल ग्रस कलेक्सन १८८.१९ करोड रुपैयाँ पुगेको छ भने विदेशबाट ३८ करोड रुपैयाँ कमाएको छ ।

यससँगै ‘मिर्जापुर द मूवी’को विश्वव्यापी ग्रस कलेक्सन २२६.१९ करोड रुपैयाँ पुगेको छ । हालसम्मका तथ्यांकअनुसार एक दिनको कमाइ तुलना गर्दा ‘हनुमान अंश’ले आफ्नो ३६औँ दिनमा ‘मिर्जापुर द मूवी’को आठौँ दिन र ‘हैवान’को पहिलो दिनको कलेक्सनलाई पछि पारेको हो ।

‘हनुमान अंश’ले बक्स अफिसमा निकै सुस्त सुरुवात गरेको थियो । २ करोड रुपैयाँको बजेटमा बनेको फिल्मले ७ अगस्ट २०२६ मा प्रदर्शनको पहिलो दिन केवल १० लाख भारु कमाएको थियो । सुरुवाती चरणमा फिल्मले देशभर २५ वटा स्क्रिन मात्र पाएको थियो । पहिलो दुई सातासम्म यसको कमाइ पनि सुस्त रह्यो ।

यद्यपि, सामाजिक सञ्जालमा दर्शकबाट प्राप्त प्रशंसा र बलियो ‘वर्ड अफ माउथ’पछि फिल्मको कमाइले गति लियो । त्यसपछि फिल्मले बक्स अफिसमा उल्लेखनीय प्रदर्शन गर्दै ३६ दिनमा २०० करोड भारुभन्दा बढी ग्रस कलेक्सन गरेको छ । यससँगै फिल्मको कमाइ यसको निर्माण बजेटको १०० गुणाभन्दा बढी पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?