+
+
Shares

कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते २१:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंकिङ कसुरमा पक्राउ परेका नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन् ।
  • गुरुङ जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा ८ दिन हिरासत बसेर पीडितलाई रकम बुझाएर छुटेका थिए ।
  • परिसरले उनलाई १८ भदौमा पक्राउ गरेको थियो र उनीविरुद्ध तीन फरक व्यक्तिले उजुरी दिएका थिए ।

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेस अनुशासन समितिको संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन् ।

गुरुङ ८ दिन हिरासत बसेर छुटेका थिए ।

पूर्वराज्यमन्त्री समेत रहेका गुरुङ जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा ८ दिन हिरासत बसेर छुटेका थिए ।

लगत्तै उनले आज पदबाट राजीनामा दिएका हुन् ।

बैंकिङ कसुरमा पक्राउ परेका उनी पीडितलाई रकम बुझाएर छुटेका थिए ।

परिसरले उनलाई १८ भदौमा पक्राउ गरेको थियो । उनीविरुद्ध तीन फरक व्यक्तिले उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?