+
+
Shares

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा भेटियो

बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका बाणगङ्गा नगरपालिका–८ का १० वर्षीय बुद्ध लामाको शव भारतमा फेला परेको छ ।

रासस रासस
२०८३ भदौ २८ गते २२:०२

२८ भदौ, कपिलवस्तु । बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका बाणगङ्गा नगरपालिका–८ का १० वर्षीय बुद्ध लामाको शव भारतमा फेला परेको छ ।

शनिबार बाढीपछि बेपत्ता भएका लामाको शव आज नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बगुलहवा खोलामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार भारतीय प्रहरीको समन्वयमा सोहरदगढ प्रहरी चौकीमा उनको शव राखिएको छ ।

आवश्यक कानुनी प्रक्रिया तथा भारतीय प्रहरीसँगको समन्वयपछि शव नेपाल ल्याउने तयारी भइरहेको उनले बताए ।

‘फोटो भिडियोबाट बालकको शव पहिचान भइसकेको ट, शवलाई नेपाल ल्याउने तयारी गरिएको छ,’ उनले भने ।

बाणगङ्गा नदीमा शनिबार आएको बाढीका कारण बालक बेपत्ता भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?