+
+
Shares

महाकाली नदीमा एक जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते ११:३३
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको महाकाली नदीमा गाई तार्ने क्रममा दोधाराचाँदनी नगरपालिका–४ का ५० वर्षीय जित दमाई बगेर बेपत्ता भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान साढे ९ बजेतिर बेपत्ता भएका दमाईको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।
  • प्रहरीले अहिलेसम्म जित दमाईको अवस्था अज्ञात रहेको जनाएको छ ।

२९ भदौ, धनगढी । कञ्चनपुरको महाकाली नदीमा बगेर एक जना बेपत्ता भएका छन् ।

सोमबार बिहान साढे ९ बजेतिर दोधाराचाँदनी नगरपालिका–४ मालिका टोल बस्ने ५० वर्षीय जित दमाई बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्र्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले वडा नम्बर ४ कै महाकाली नदीको टापुमा गाई तार्ने क्रममा दमाई बगेर बेपत्ता भएको जानकारी दिए ।

उनकाअनुसार दमाईका खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन भएको छ । तर, अहिलेसम्म उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?