+
+
Shares

प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले सिंहदरबार गेटबाट पक्राउ गरेको छ ।
  • तामाङ आज प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा सहभागी भएर फर्कने क्रममा पक्राउ परेका हुन् ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको छ ।

२९ भदौ, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।

उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो ।

अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन शाहसँग भएको छलफलमा सहभागी भएका थिए । सो छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई गेटबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।

उनका अनुसार, अध्यक्ष तामाङलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो । ‘पक्राउ गरेर उनलाई दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको छ,’ उनले भने ।

प्रधानमन्त्री शाहले आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए । उनी सोही छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?