+
+
Shares

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ सुनारटोलकी ३५ वर्षीया सविता सुनार घाँस काट्ने क्रममा मेलपानी भिरबाट करिब ४ सय मिटर तल खसेर सोमबार बिहान घाइते भएकी थिइन् ।
  • प्रहरीले उनलाई उपचारका लागि पुतलीबजारस्थित प्रदेश अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका छन् ।

२९ भदौ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

अर्जुनचौपारी गाउँपालिका–४ सुनारटोलकी ३५ वर्षीया सविता सुनार सोमबार बिहान घाँस काट्न मेलपानी भिरमा पुगेकी थिइन् । घाँस काट्ने क्रममा चिप्लिएर उनी करिब ४ सय मिटर तल खसेर घाइते भएकी थिइन् ।

प्रहरीले घाइते सुनारलाई उपचारका लागि पुतलीबजारस्थित प्रदेश अस्पताल लगेको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?