News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औं महाधिवेशन तयारीका लागि अनुशासन, विधान मस्यौदा र सदस्यता व्यवस्थापन समिति गठन गरेको छ।
- डा. शशांक कोइरालाले अनुशासन समितिमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन समितिमा किरणराज शर्मालाई मनोनयन गरेका हुन्।
- सम्पर्क कार्यालय समन्वय संयोजक दीपकप्रसाद कुइकेलले यो जानकारी दिएका हुन्।
२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विभिन्न तीन समिति गठन गरेको छ। पार्टीको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले अनुशासन समिति, विधान मस्यौदा समिति, र सदस्यता व्यवस्थापन समितिको संयोजक मनोनयन गरेका हुन्।
अनुशासन समितिमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन समितिमा किरणराज शर्मा मनोनित भएको यो समूहको सम्पर्क कार्यालय समन्वय संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4