+
+
Shares

‘१२ गाउँ २’ को ब्रेकडान्स शैलीको पहिलो गीत ‘जुनेली’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ, जसमा समीर भट्ट र काफिया शाहीले नृत्य तथा ब्रेकडान्स प्रस्तुत गरेका छन्।
  • विराज भट्टको निर्देशनमा बनेको फिल्म असोज ३० गते दशैंको फूलपातीमा देशभर प्रदर्शन हुँदैछ।
  • यही फिल्मबाट काफिया शाही र वर्षा इटनीले नेपाली फिल्म अभिनयमा डेब्यु गरेका छन्।

काठमाडौं । फिल्म ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री काफिया शाहीको नृत्य तथा ब्रेकडान्स प्रस्तुत गरिएको छ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा युग भुसालको शब्द तथा संगीत र सुगम पोखरेलको स्वर छ। अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म असोज ३० गते दशैंको फूलपातीको अवसरमा देशभर प्रदर्शन हुँदैछ।

बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको फिल्मको कथा सन्तोष सरकारले लेखेका हुन् भने छायांकन महेश पौडेलले गरेका छन्। सरस्वती भट्ट फिल्मकी लगानीकर्ता हुन्।

फिल्ममा समीर र काफियासहित विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतको अभिनय छ।

यही फिल्मबाट काफिया र वर्षा इटनीले नेपाली फिल्म अभिनयमा डेब्यू गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?