News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार दिउँसो परेको पानीका कारण भक्तपुरको मनोहरा खोलामा बाढीको सतह बढेको छ ।
- एसपी सुर्य खड्काका अनुसार बाढी बढेपछि प्रहरीले खोला किनारका बस्तीमा परिचालन गरी केही घरका बासिन्दालाई सुरक्षित ठाउँमा सारेको छ ।
- उनले बाढीका कारण मानवीय क्षति नभएको र अहिले पानी पर्न कम भई खोलाको बहाव घटेको बताए ।
२९ भदौ, काठमाडौं । भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेको छ । सोमबार दिउँसोबाट परेको पानीका कारण खोलामा बाढीको सतह बढेको हो ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी सुर्य खड्काका अनुसार बाढीको बहाव बढेसँगै अहिले प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको छ ।
‘बस्ती किनारका केही घरमा पानी पसेपछि हामीले सुरक्षित ठाउँमा सारेका छौं,’ एसपी खड्काले अनलाइनखबरसँग भने, ‘अहिले पनि प्रहरीले त्यहाँ काम गरिरहेको छ ।’
उनका अनुसार, यसअघि आउने भन्दा खोलाको बहाव बढेको हो । बाढीका कारण मानवीय क्षति भने नभएको उनले बताए ।
अहिले पानी पर्न कम भएको र खोलाको बहाव पनि घटेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4