+
+
Shares

मनोहरा खोलामा बाढी, किनाराका टहरा जलमग्न (तस्वीरहरू)

जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी सुर्य खड्काका अनुसार बाढीको बहाव बढेसँगै अहिले प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ भदौ २९ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको मनोहरा खोलामा सोमबार दिउँसोको वर्षापछि बाढीको सतह बढेर नदी किनारका टहरामा पानी पसेको छ।
  • पानी पसेपछि किनारका बस्तीमा रहेकाहरूलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सुर्य खड्काले बताए।
  • एसपी खड्काका अनुसार अहिले पानी पर्न कम भएको छ र खोलाको बहाव पनि घटेको छ, भने मानवीय क्षति नभएको छ।

२९ भदौ, काठमाडौं । भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेको छ । सोमबार दिउँसोबाट परेको पानीका कारण खोलामा बाढीको सतह बढेको हो ।

खोलामा बाढी आएसँगै नदी किनारका टहराहरूमा पानी छिरेको छ । पानी छिरेपछि किनारका बस्तीमा रहेकाहरूलाई सुरक्षित ठाउँमा लगिएको छ ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी सुर्य खड्काका अनुसार बाढीको बहाव बढेसँगै अहिले प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको छ ।

‘बस्ती किनारका केही घरमा पानी पसेपछि हामीले सुरक्षित ठाउँमा सारेका छौं,’ एसपी खड्काले अनलाइनखबरसँग भने, ‘अहिले पनि प्रहरीले त्यहाँ काम गरिरहेको छ ।’

उनका अनुसार, यसअघि आउने भन्दा खोलाको बहाव बढेको हो । बाढीका कारण मानवीय क्षति भने नभएको उनले बताए ।

अहिले पानी पर्न कम भएको र खोलाको बहाव पनि घटेको उनले बताए ।

तस्वीरहरू- 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?