News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार काठमाडौंमा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेर ३ लाख १ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
- महासंघका अनुसार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेर ४ हजार ६०० रुपैयाँमा पुगेको छ।
३० भदौ, काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ यस दिन प्रतितोला ९ सय रुपैयाँ तथा चाँदीको भाउ २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो । हिजो पनि सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घटेको थियो ।
त्यस्तै चाँदीको भाउ अघिल्लो दिन ४ हजार ६२० रुपैयाँ रहेकोमा आज ४ हजार ६०० रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4