News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरका थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नभएको विषय प्रतिनिधिसभामा उठाइएको छ।
- मकवानपुर क्षेत्र नम्बर २ का सांसद प्रशान्त उप्रेतीले ‘हेलो, हेलो । आवाज आइराख्या छ ?’ भन्नुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन्।
- उप्रेतीले विदेशमा रहेका आफन्तसँग समेत सहज कुरा गर्न नसकिएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयलाई ध्यान दिन आग्रह गरेका छन्।
३० भदौ, काठमाडौं । मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचिन सांसद प्रशान्त उप्रेतीले यो विषय प्रतिनिधिसभामा उठाएा हुन् ।
‘हेलो, हेलो । आवाज आइराख्या छ ?’ भनेर फोन गर्दा हरेक पटक भन्नुपर्ने अवस्था थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदी लगायतका क्षेत्रका नागरिकले भन्नुपर्ने अवस्था रहेको भनेर सरकारको ध्यानाकर्षण गरेका हुन् ।
विश्वले फाईभजी, सिक्सजीको परीक्षण गरिरहेका छन् । एआईको विकासको बारेमा, सुरक्षा र खतराको विषयमा चर्चा भइराख्दा नेपालीहरू भने अझै पनि गुणस्तरीय टेलिफोन सेवाबाट बन्चित छन् ।
विदेशमा रहेका आफन्तसँग कुरा गर्न समेत सहज अवस्था नरहेको भनेर उनले यसलाई दु:खद भनेका छन् । यो विषयमा सूचना तथा संचार मन्त्रालयले ध्यान दिनुपर्ने सांसद उप्रेतीको आग्रह छ ।
प्रतिक्रिया 4