+
+
Shares

रास्वपा सांसदले संसद्‌मा सुनाए महंगिएका खाद्य पदार्थहरूको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन कुमार भण्डारीले प्रतिनिधिसभामा ग्यास अभाव, लाइन र महंगीले नागरिक प्रभावित भएको भन्दै मूल्यवृद्धि नियन्त्रणबारे सरकारसँग प्रश्न गरे ।
  • उनले पछिल्लो एक महिनामा जिरा मसिनो चामल, लंग ग्रेन, मास, रहर, तेल, चिनी र अण्डाको मूल्य बढेको तथ्य प्रस्तुत गरे ।
  • भण्डारीले मूल्यवृद्धि नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय सरकारसहित सम्बद्ध निकायले अनुगमन गर्नुपर्ने आग्रह गरे ।

३० भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन कुमार भण्डारीले ग्यासको अभाव र लाइनको अलावा नागरिकहरू महंगीको मारमा परेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महंगिएका खाद्य पदार्थहरूको भाउ नै सुनाए ।

उनका अनुसा पछिल्लो एक महिनामा २५ केजी जिरा मसिनो चामलको मूल्य २२ सयबाट २६ सय पुगेको छ । लंग ग्रेन २० केजीको ३२ सयबाट ३६ सय पुगेको छ ।

मासको दाल एक केजीको १४० बाट २००, रहरको दाल एक केजीको १९० बाट २१० पुगेको छ ।

तेल स्वेनफ्लावर २८० बाट ३१०, भटमासको तेल २७० बाट ३०० पुगेको छ ।

चिनी एक केजीको १४० कटिसकेको छ । अण्डा प्रतिक्रेट ६०० पुगेको छ ।

यी भाउ सुनाउँदै उनले प्रश्न गरे, ‘अनियन्त्रित ढंगबाट मूल्यवृद्धि भएको छ । यो मूल्यवृद्धि हुनुको कारण के हो ? मूल्यवृद्धि नियन्त्रणमा सरकार र सम्बन्धित मन्त्रालयको के योजना रहेको छ ?’

मूल्यवृद्धि नियन्त्रण गर्न संघ सरकार, प्रदेश र स्थानीय सरकार लगायत सम्बद्ध निकायले अनुगमन गर्नुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?