+
+
Shares

अब संसद्‌मा कसैलै ‘ओई म एआई हुँ रे’ भन्न मात्रै बाँकी छ : रास्वपा सांसद कार्की

‘सरकारबाट के आउँछ र समर्थन वा विरोधमा ढ्यापढ्याप पारौं भनेर मात्रै कोही सांसद हुँदैन । आफ्नो विवेक, ऊर्जा र समय यो समयभित्र देश र नागरिकका लागि प्रयोग गरौं भन्नेमा ध्याउन्न हुन्छ । यसका लागि हामीले स्रोत, साधन पनि विभिन्न किसिमले प्रयोग गर्छौं,’ सांसद कार्कीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद गणेश कार्कीले मंगलबार प्रतिनिधिसभामा सांसदहरू एआईमय भएको भन्दै आपत्ति जनाए ।
  • उनले सांसदले सरकारका प्रस्तावमा मात्र ढ्यापढ्याप नगरी विवेक, ऊर्जा र समय देश र नागरिकका लागि प्रयोग गर्नुपर्ने बताए ।
  • कार्कीले सोच, प्रविधि र साधन नफेरे आगामी अधिवेशन पनि पहिलेझैँ सकिने भन्दै संसद् सुधारको आवश्यकता औंल्याए ।

३० भदौ, काठमाडौं । सत्तारुढ रास्वपा सांसद गणेश कार्कीले सांसदहरू एआईमय भएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो समय लिएर बोल्ने क्रममा उनले सांसदहरूले विवेक, ऊर्जा र समय देश र नागरिकका लागि प्रयोग गर्नुपर्ने बताए ।

‘अहिले संसद् यति एआईमय भएको छ कि, अब संसद्मा कसैले ‘ओई म एआई हुँ रे’ भन्न मात्रै बाँकी छ । यो कुरालाई पनि हामीले रोक्नुपर्ने भएको छ,’ सांसद कार्कीले भने ।

साथै, उनले सरकारबाट के आउँछ र त्यसलाई समर्थन वा विरोधमा ढ्यापढ्याप पारेर मात्रै सांसद नबनिने जिकिर गरे ।

‘सरकारबाट के आउँछ र समर्थन वा विरोधमा ढ्यापढ्याप पारौं भनेर मात्रै कोही सांसद हुँदैन । आफ्नो विवेक, ऊर्जा र समय यो समयभित्र देश र नागरिकका लागि प्रयोग गरौं भन्नेमा ध्याउन्न हुन्छ । यसका लागि हामीले स्रोत, साधन पनि विभिन्न किसिमले प्रयोग गर्छौं,’ सांसद कार्कीले भने ।

संसद्ले आफ्नो दोस्रो अधिवेशनको उत्तरार्ध अनुभव गर्दै गरेको बताउँदै उनले थप भनेका छन्, ‘यो अधिवेशनको समाप्तीसँगै संसद् अधिवेशनको एउटा चक्र पूरा हुन्छ । यदी हामीले हाम्रो सोच, प्रविधि र साधन फेरेनौं भने पहिलो र दोस्रो अधिवेशनजस्तै अबका अधिवेशन पनि पूरा हुनेछन् । अबका वर्षहरू सकिनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?