News Summary
Generated by OK AI. Editorially reviewed.- जीडब्लूएमका ओरा ५ र ट्यांक ३०० ले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्समा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्।
- ओरा ५ ले पारिवारिक कार विधामा ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ जितेको छ।
- ट्यांक ३०० ले प्रिमियम कार विधामा ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ जितेको छ।
३० भदौ, काठमाडौं । डिजाइन, नवप्रवर्तन र अटोमोटिभ इन्जिनियरिङमा पहिचान बनाउँदै आएको जीडब्लूएमका दुई मोडल ओरा ५ र ट्यांक ३०० ले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्स (टाडा) मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्।
टाडा २०२६ मा ओरा ५ ले पारिवारिक कार विधाअन्तर्गत ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ प्राप्त गरेको छ भने ट्यांक ३०० ले प्रिमियम कार विधाअन्तर्गत ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ जितेको छ।
यी दुई सम्मानले जीडब्लूएमका फरक मोडलमा देखिएको डिजाइन र प्रविधिको क्षमतालाई उजागर गरेका छन्। ओरा ५ ले आधुनिक विद्युतीय सवारीको डिजाइन प्रस्तुत गर्छ भने ट्यांक ३०० ले उन्नत प्रविधि, अफ–रोड क्षमता र बलियो इन्जिनियरिङको संयोजनलाई प्रतिनिधित्व गर्छ।
ओरा ५ : आधुनिक इन्टेरियर डिजाइन
पारिवारिक कार विधामा ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ प्राप्त गरेको ओरा ५ को इन्टेरियर आराम, प्रविधि र दैनिक प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ। आधुनिक डिजाइनसँगै प्रविधिमैत्री ककपिट, सहज कनेक्टिभिटी र यात्राको आरामलाई प्राथमिकता दिइएको यसको केबिनले विद्युतीय सवारीको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ।
यो सम्मानले ओरा ५ को डिजाइन अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको कम्पनीको भनाइ छ। यसमा स्टाइलसँगै व्यवहारिकता र प्रविधिलाई पनि समान महत्व दिइएको छ।
ट्यांक ३०० : प्रविधि र अफ–रोड क्षमताको संयोजन
प्रिमियम कार विधाअन्तर्गत ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ प्राप्त गरेको ट्यांक ३०० ले जीडब्लूएमको प्रिमियम एसयूभी तथा अफ–रोड प्रविधिको क्षमता प्रस्तुत गरेको छ।
जीडब्लूएमको ट्यांक ब्रान्डअन्तर्गत विकसित ट्यांक ३०० मा प्रिमियम एसयूभीका विशेषता, उन्नत अफ–रोड प्रविधि र बलियो इन्जिनियरिङलाई एकसाथ समेटिएको छ। टाडा २०२६ को सम्मानले यसको प्रविधिगत नवप्रवर्तन र इन्जिनियरिङ क्षमतालाई थप अन्तर्राष्ट्रिय पहिचान दिएको कम्पनीले जनाएको छ।
ओरा ५ र ट्यांक ३०० ले प्राप्त गरेका यी दुई फरक सम्मानले जीडब्लूएमको विश्वव्यापी पोर्टफोलियोको विविधता देखाउँछन्। एकातर्फ आधुनिक विद्युतीय सवारीको डिजाइन र स्मार्ट मोबिलिटी तथा अर्कोतर्फ प्रिमियम एसयूभीको प्रविधि र अफ–रोड क्षमतामार्फत कम्पनीले आफ्नो उत्पादन विविधता प्रस्तुत गरेको छ।
नेपालमा पनि जीडब्ल्यूएमको पोर्टफोलियो विस्तार भइरहेको अवस्थामा यी अन्तर्राष्ट्रिय सम्मानले ब्रान्डको विश्वव्यापी डिजाइन र प्रविधिगत क्षमताको थप परिचय गराउने अपेक्षा गरिएको छ। नेपाली बजारमा विद्युतीय तथा प्रिमियम एसयूभी सेग्मेन्टमा नयाँ मोडल विस्तार गर्दै आएको जीडब्लूएमले विश्वस्तरीय अटोमोटिभ प्रविधि र डिजाइन नेपाली ग्राहकसम्म पुर्याउने दिशामा आफ्नो उपस्थिति बढाउँदै गएको छ।
नेपालमा जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै विभिन्न सेग्मेन्टमा जीडब्लूएमका मोडल विस्तार गरिरहेको जनाएको छ।
शहरी यात्राका लागि विद्युतीय सवारीदेखि कठिन भूभागका लागि सक्षम एसयूभीसम्म जीडब्लूएमले डिजाइन, प्रविधि र ड्राइभिङ अनुभवका विभिन्न पक्षलाई समेट्दै आफ्नो विश्वव्यापी अटोमोटिभ पोर्टफोलियो विस्तार गरिरहेको छ।
प्रतिक्रिया 4