+
+
Shares

बाढीपीडितलाई कोशी प्रदेश मन्त्रिपरिषद्का सदस्यले सात दिनको पारिश्रमिक दिने

कोशी प्रदेश सरकारका मन्त्रिपरिषद्का सदस्य र सचिवालयका कर्मचारीले भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनका लागि एक साताको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १७:५३

३० भदौ, विराटनगर । कोशी प्रदेश सरकारका मन्त्रिपरिषद्का सदस्य र सचिवालयका कर्मचारीले भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनका लागि एक साताको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् सदस्य, पदाधिकारी तथा सचिवालयमा कार्यरत कर्मचारीहरूको ७ दिनको पारिश्रमिक रकम सहयोगस्वरूप प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र प्रदेश सचिव आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कामकाजका लागि खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले जानकारी दिए ।

बैठकले ‘कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना अध्ययन कार्यदल’को म्याद ६० दिन थप गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश सरकार सञ्चालनका लागि नेकपा एमाले र नेकपाले संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालयमा लेखी पठाउने निर्णय पनि गरेको मन्त्री शेर्पाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?