३० भदौ, काठमाडौं । भक्तपुरमा भएको एक सवारी दुर्घटनाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का ५२ वर्षीय राजन भन्ने यमनाथ चालिसे रहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ बाट प्रहरी वृत्त ठिमीको टोलीले मंगलबार पक्राउ गरेको हो ।
चालिसे २०६५ जेठ २६ मा मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा भएको सवारी दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4