+
+
Shares

इन्द्रजात्रामा खटिने स्वयंसेवकका लागि महानगरले खाना खाजाको व्यवस्था गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा खटिने स्वयंसेवकका लागि खाना, खाजा र पानीको व्यवस्था गर्ने भएको छ।
  • कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वार्थबिनै सामाजिक सेवामा खटिने स्वयंसेवकको आधारभूत आवश्यकतामा ध्यान दिन निर्देशन दिइन्।
  • महानगरले यसपटक काठमाडौंमै मुआली बजाउने जनशक्ति तयार गर्न लक्ष्मीश्वर, टेकुमा तालिम सुरू गरेको छ।

३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा खटिने स्वयंसेवकका लागि खाना, खाजा र पानीको व्यवस्थापन गर्ने भएको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नि:स्वार्थ रूपमा जात्राको व्यवस्थापनमा खटिने स्वयंसेवकलाई आवश्यक खानपानको व्यवस्था गर्नु महानगरको साझा दायित्व भएको बताइन् ।

इन्द्रजात्राको तयारीबारे गुठीहरूसँग मंगलवार भएको छलफलमा डंगोलले सामाजिक सेवाका रूपमा फिल्डमा खटिने स्वयंसेवकलाई कम्तीमा खाना, खाजा र पानीको अभाव हुन नदिने गरी व्यवस्थापन गर्न निर्देशन दिइन् ।

बाह्य व्यवस्थापनको संयोजन गणपतिलाल श्रेष्ठले गर्ने र स्वयंसेवकको खाजासहित आवश्यक व्यवस्थापनका लागि सूची बनाएर तत्काल तयारी अघि बढाउन आग्रह गरिन् ।

‘बाह्य व्यवस्थापनका क्रममा विशेषगरी स्वयंसेवकहरूको आवश्यकतामा ध्यान दिन जरुरी छ । कुनै स्वार्थ, पद वा आर्थिक अपेक्षा नराखी सामाजिक भावनाले फिल्डमा खटिने स्वयंसेवकहरूलाई कम्तीमा खाना, खाजा र पानीको व्यवस्था गर्नु हाम्रो साझा दायित्व हो,’ उनले भनिन्, ‘यस वर्षदेखि बाह्य व्यवस्थापनअन्तर्गत स्वयंसेवकहरूको खाजालगायत आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने व्यवस्था गरिएको छ । इन्द्रजात्रामा पनि यसलाई निरन्तरता दिइनेछ । आवश्यक व्यवस्थाको सूची तयार गरी प्रशासनिक प्रक्रिया अघि बढाउन र कामलाई यथाशिघ्र अगाडि बढाउन अनुरोध गर्दछु ।’

डंगोलले इन्द्रजात्रामा यसपटक काठमाडौं महानगरपालिकाबाटै मुआली बजाउने तयारी भइरहेको जानकारी समेत दिइन् । उनका अनुसार मुआली बजाउनेका लागि लक्ष्मीश्वर, टेकुमा तालिम भइरहेको छ ।

परम्परागत रूपमा काठमाडौंमा मुआली बजाउने व्यवस्था नभएका कारण भक्तपुरबाट मुआली ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले अब काठमाडौंमै मुआली बजाउने जनशक्ति तयार गर्न लागिएको बताइन् ।

‘काठमाडौंमा मुआली बजाउने परम्परा कमजोर भएकाले विगतमा भक्तपुरबाट जनशक्ति ल्याउनुपर्ने अवस्था थियो । तर यसपटक काठमाडौं महानगरपालिकाले काठमाडौंमै मुआली बजाउने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम शुरु गरिसकेको छ । लक्ष्मीश्वर, टेकुमा अहिले तालिम सञ्चालन भइरहेको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?