३१ भदौ, काठमाडौं । ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ । प्रेस काउन्सिल नेपालले पुस्तक प्रकाशन गरेको हो ।
कर्णालीको पत्रकारिताको इतिहास दुर्लभ रहेकोले काउन्सिलले दस्तावेजीकरणका लागि पुस्तक निकालेको जनाएको छ । काउन्सिलले पहिलोपटक प्रदेश केन्द्रित भएर पुस्तक ल्याएको जनाएको छ ।
पुस्तक सार्वजनिक कार्यक्रममा प्रेस काउन्सिलका पूर्वअध्यक्ष बालकृष्ण बस्नेत, पूर्वसदस्य मनऋषि धिताल, पत्रकार रुद्र खड्का, अध्येता हरिहर न्यौपाने, नेपाल टेलिभिजनका पूर्वअध्यक्ष समिरजंग शाह, वनस्पतिविद् डा. मानबहादुर रोकायलगायतले समीक्षा गरेका थिए ।
किताब काउन्सिलका पूर्वअध्यक्ष बस्नेतकै प्रधान सम्पादकत्वमा प्रकाशन भएको हो । पुस्तक पत्रकारद्वय नवराज महतारा र प्रकाश अधिकारीले लेखेका हुन् ।
लेखक महताराले खोज-अनुसन्धान अझै बाँकी रहेको बताउँदै पुस्तक प्रकाशित भएपछि पनि केही तथ्य फेला परेको बताए । उनले हाल भएका कमीलाई सच्याउँदै पुस्तकलाई पूर्ण बनाउने बताए ।
लेखक महताराले आधुनिक पत्रकारिता र बिट पत्रकारिताको सुरुआत नै कर्णालीबाट भएको पुष्टि हुने तथ्य संकलन भएको दाबी गरे ।

प्रतिक्रिया 4